माघ २१,
रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले समृद्ध नेपाल सुखी नेपाली हुनको लागि नागरिकहरुले कृषि पेशालाई ब्यवसायीतामा बनाउन सक्नुपर्ने बताएका छन् । काम गर्नलाई लजाउने र विदेश गएर भाँडामाझ्ने प्रवृती अन्त्य हुनु पर्ने उनको जोड्छ ।
“समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उधमी युवा” सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उधमशीलता तथा वित्तीय साक्षरता तालिम संचालन कार्यक्रको समापन गर्दै उनले भने हामी विकास, विकास मात्रै भन्छौं, काम गर्न लजाउछौं, हामीले खाने सबै खानेकुराहरु बाहिरी देशबाट आयात गर्छौं यसरी विकास हुदै, जब कृषिलाई आधुनिकिकरण, ब्यवसायी, ब्यवसायी पशुपालन, कटुर उधोगहरुको विकास गर्न सक्दैनौं तबसम्म हाम्रो देश र हाम्रो नगर विकास गर्न, हुन् सक्दैन भने । उनले स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थहरुको प्रयोगबाट सामाग्री निर्माण गर्न सक्नु पर्ने बताएका छन् । उनले हाम्रो उत्पादन केन्द्रीय राजधानी तथा अन्य ठूला बजारहरुसंग जोड्न सक्नु पर्ने बताएका छन् । साथै उनले विकास, उधम गर्न चाहाने युवाशक्तिहरुलाई नगरले सहयोग गर्ने बताएका छन् । आफूहरुको निर्वाचित कार्यकाल जग बसाल्न सफल भएको दाबी गरे ।
मन्थली नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकको साझेदारीमा संचालित ७ दिने तालिममा युवाहरुलाई सहुलियत कर्जा सहजीकरणको लागि उधमशिलता तथा वित्तिय साक्षरता सम्बन्धि तालिम दिएको थियो । फुलासिमा भएको उक्त तालिममा सो वडाभित्रका ३७ जना किशोरकिशोरीहरुले तालिम लिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु