बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सर्वोच्च अदालतलाई धम्किको भाषा प्रयोग नगर्न तरुण अध्यक्ष बस्नेतको चेतावनी
रामेछाप बिशेष

सर्वोच्च अदालतलाई धम्किको भाषा प्रयोग नगर्न तरुण अध्यक्ष बस्नेतको चेतावनी

माघ १९,

रामेछाप । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित्जंग बस्नेतले नेपाली कांग्रेसले बाहेक अरुले देशलाई निकास दिन नसक्ने बताएका छन् । राष्ट्रियताको पक्षमा कम्युनिष्टले देखावटी मात्रै देशभक्त गरेको उनको ठहर छ ।

रामेछापको सदरमुकाम मन्थलीमा नेपाल तरुण दल रामेछाप र नेपाल विद्यार्थी संघ (नेविसं) ले संयुक्त रुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने-कांग्रेस इतिहास देखिनै गौरव शाली पार्टी भएकाले कांग्रेसले मात्रै देशको विकास गर्न सक्छ । उनले सर्वोच्च अदालतलाई धम्किको भाषा प्रयोग नगर्न कम्युनिष्टहरुलाई आग्रह गरे । चार न्याधिसहरुले संसद् पुःनस्थापना गरिदिनेमा आफू विस्वाश्त रहेको उनको दाबी छ । संसद् पुःनस्थापन हुनेमा कांग्रेस विश्वास्त रहेको उनको भनाई छ ।

आगामी दिनमा कांग्रेस कसैसंग पनि तालमेल गर्दैन हिजो पनि एकलै थियो,भोली पनि एकलै देशको विकास गर्न लागि पर्ने छौं भने ।

उनले काम्युनिष्टहरु देशलाई लुट्नामात्रै लागि परेको भने । उनले ३८ कुईन्टल सुन तस्करीको संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड लगाएका नेता नै भएको र अहिले पनि खोज्यो भने त्यो सुन उनीहरुको संरक्षणमा रहेको छ भने ।

 

फेसबुक प्रतिक्रियाहरु