माघ १९,
रामेछाप । नेपाल तरुण दल रामेछाप र नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले आज रामेछापमा आफ्नो शक्ति प्रर्दशन गरेको छ । आइतबार देशैभरी संसद् बिघटनक बिरोधमा रामेछापमा पनि प्रर्दशन गरेका हुन् ।
उनीहरुले गरेको बिरोध बिहान मन्थलीस्थित थापाचोकबाट मोटरसाइकल र्यालीसहित देवकोटा चोक हुदै बसपार्क पुगेर प्रहरी चौकीहुदै जिल्ला समन्वय समितिको प्रांगणमा पुगेर कोण सभामा परिणत भएको छ ।
कोण सभालाई तरुण दलका केन्द्रीय अध्यक्ष जित्जंग बस्नेत, जिल्ला पार्टी सभापति लवश्री न्यौपाने, नेता कान्छाराम तामाङ्ग, लगाएतले सम्बोधन गर्ने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु