माघ १९,
रामेछाप । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।
राजधानी काठमाडौंमा दिउँसो १ बजे शान्तिवाटिकामा प्रदर्शन हुने छ । मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।
यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् ।
यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
यता रामेछापमा हुने बिरोध कार्यक्रमलाई सम्बोधन गर्न तरुण दलका केन्द्रीय अध्यक्ष जित्जंग बस्नेत आउने भएका छन् । त्यसको लागि सबै तयारी पूरा भएको तरुण दल रामेछापले जनाएको छ ।
जिल्ला समन्य समितिको प्रांगणमा हुने बिरोधको कार्यक्रमलाई बस्नेतले सम्बोधन गर्ने नेपाल विद्यार्थी संघले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु