मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपालमा कोरोनाको २ खोपको ट्रायल गर्ने तयारी
समाचार

नेपालमा कोरोनाको २ खोपको ट्रायल गर्ने तयारी

पुष २७,

काठमाडौँ । नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

नेपालमा ट्रायल गर्नका लागि प्रक्रिया अगाडि बढाइएका दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले युरोपियन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरुमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामाग्री तथा प्रविधिको पहुँच पुर्‍याउने कार्यक्रम हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो ।

यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराएको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु