पुष २१,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह रामेछापले बुधबार जिल्ला कमिटी भेला आयोजन गरेको छ । सो भेला पार्टीको तेस्रो पुर्ण बैठक पनि हो ।
भेलालाई सम्बोधन गर्न पार्टी केन्द्रीय सचिवालय सदस्य तथा उप-प्रधानमन्त्री इश्वर पोखरेल जिल्लामा आउने कार्यक्रम तय भएको छ ।
मन्थलीस्थित सामुदायिक मिडिया हलमा बिहान १० बजेदेखि भेला कार्यक्रम सुरु हुने आयोजक नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछापले जनाएको छ ।
प्रचण्ड-माधव नेपाल समूहले जिल्लाका आठवटै स्थानीय तहका वडाहरुमा प्रशिक्षण तथा भेला,बैठक गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु