मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कञ्चनपुर घटना : भारत सरकारसँग बिरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण
समाचार

कञ्चनपुर घटना : भारत सरकारसँग बिरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

पषु २१,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् । उनले घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।

उनले भनेका छन् – ‘कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ बर्षिय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal को ध्यान आकर्षित गर्दछु’ ।

सोमबार साझँ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका थिए । भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको बुझिएको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु