आइतवार, बैशाख १६, २०८१
समाचार

सुनको भाउ ४ सयले बढ्यो

पुस १७,

काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि यसको असर पर्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु