पुष १५,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा भ्रष्टाचार,धर्मपरिवर्तन,कुशासन र सर्वसत्तावादको बिरुद्धमा प्रर्दशन गर्ने भएको छ ।
हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियान सहित पौष १७ शुक्रबार बिहान ११:३० बजे काठमाडौं भृकुटीमण्डपमा प्रर्दशन गर्ने राप्रपाले जनाएको छ ।
यसअघि देशका विभिन्न ठाउँमा प्रर्दशन गर्दै आएको छ । प्रर्दशनलाई कमल थापा, पशुपतिशम्शेर राणालगाएतका नेताले सम्बोधन गर्ने बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु