बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रामपुरमा वृद्धवृद्धाहरुलाई न्यानो कपडा, खाध्ययन्न सहयोग (भिडियो/फोटोसहित)
रामेछाप बिशेष

रामपुरमा वृद्धवृद्धाहरुलाई न्यानो कपडा, खाध्ययन्न सहयोग (भिडियो/फोटोसहित)

पुष १३,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका बृद्धबृद्धाहरुलाई सम्मानसहित न्यानो कपडा सहयोह गरिएको छ ।

आइतबार वडाका ११ जना महिला र एक जना पुरुष गरि १२ जना ७० वर्षनाघेका वृद्धवृद्धालाई न्यानो कपडा, ओड्ने बाल्ङ्केट्,बर्को र टोपी प्रदान गरिएको छ । त्यस्तै खाध्ययनका सामाग्री समेत सहयोग गरिएको छ । उनीहरुलाई एक बोरा चालम, नुन एक प्याकेट, तेल एक लिटर, चिनी एक केजी एक भब्यासंस्कृतिक कार्याक्रमका बिच हस्तान्तरण गरिएको हो ।

वृद्धवृद्धाहरुलाई सम्मानका साथ गरिएको कार्याक्रममा सोही ठाउँको नव जागरण युवा समाजको समन्वयमा राजधानीस्थित सामाजिक गतिविधी गर्दै आएका लायन्स कल्ब अफ काठमाडौं महिमा, लायन्स कलब अफ काठमाडौं डोब, लायन्स कल्ब अफ काठमाडौं ग्लोरी र नेपाल तामाङ् गान्वा गान्सुम मिठिमको आर्थिक तथा प्रविधिक सहयोगमा सामाग्री हस्तान्तरण गरिएको हो । कार्याक्रममा काठमाडौंबाट सम्बन्धित कल्बका प्रमुख तथा प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

सरस्वती प्राथामिक विद्यालयको प्राङ्गणमा भएको कार्याक्रममा वडाका वडा अध्यक्षसहितको सहभागित रहेको थियो । कार्याक्रममा बोल्दै वडा अध्यक्ष वडा अध्यक्ष भीमबहादुर तामाङ्ले राज्यले केही गर्न नसकिरहेको स्वीकार गर्दै स्थानीय कल्बहरुको समन्वयमा यस्ता सामाजिक काम गरेर आफूहरुलाई चुनौति दिएको बताए । सामाजिक क्षेत्रको काममा लाग्न सबैलाई आग्रह समेत गरे ।
भिडियो हेर्नुहोस्

https://www.facebook.com/102300914450239/videos/2781451012095937

https://www.facebook.com/ghimimiremilan2018/videos/3800191056698722

फोटो हेर्नुहोस्

Image may contain: 2 people, people standing, people on stage and outdoorImage may contain: 5 people, people standing and outdoorImage may contain: one or more people, people standing and outdoorImage may contain: 2 people, people standingImage may contain: 4 people, people standing and foodImage may contain: 17 people, outdoor

Image may contain: 2 people, people dancing, people standing and outdoorImage may contain: one or more people

फोटोभिडियो मिलन घिमिरे/जुनेली

 

फेसबुक प्रतिक्रियाहरु