सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • वडा अध्यक्ष लामाको पहलमा चुचुरेमा नियमित अरनिको बस पुग्यो (फोटोफिचर)
रामेछाप बिशेष

वडा अध्यक्ष लामाको पहलमा चुचुरेमा नियमित अरनिको बस पुग्यो (फोटोफिचर)

पुष १३,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा नियमित पूर्व अरनिको यातायात बस सेवा सुचारु भएको छ । वडा अध्यक्ष मणीकुमार लामाको पहलमा बस सेवा सुचारू भएको हो । नियमित बस संचालन भएसंगै अब शिवालय र गर्जाङ् बस चढ्न धाउनु पर्ने बाध्यता हटेको छ । विगतमा बस चढ्न करिब २ घण्टा पैदल हिडेर गर्जाङ् र शिवालय धाउदै आएका थिए । बस संचालन भएपछि साविकको वडा नं १ देखि ९ सम्मका सबै वडाहरुमा बस संचालनको सुविधा पुगेको छ ।

गत शुक्रबारदेखि प्रा.लि अन्तर्गत दोलखाको जिरी हुदै संचालन हुने गरी शिवालय, चुचुरे, साङ्वाडाडा, इल्छिरे, गर्जाङ हुदै खहरे जाने र सोही रुट हुदै काठमाडौं फर्किने गरि बस संचालन भएको हो । बस संचालन भएसंगै त्यहाँका चार सय घर परिवार लाभान्वित भएका छन् । बस संचालनको लागि वडा अध्यक्ष मणी कुमार लामाले स्थानीयको माग अनुसार पालिकामा माग गरेका थिए र पालिकाले कम्पनीको केन्द्रीय कार्यालयमा माग गरेको थियो । सोही मागलाई सम्बोधन भएपछि वडा अध्यक्ष अरनिको कार्यालयनै पुगेर बस संचालनको अनुमति लिएका थिए ।

काठमाडौंबाट ११ गते बस समेत त्यहाँ पुगेको छ । पहिलो पटक बस पुग्दा स्थानीयहरुले भब्य स्वागत गरेका थिए । साथै निरन्तर बस चल्नुपर्नेमा जोड्दिएका थिए ।

वडा अध्यक्ष लामाले स्थानीयहरुको मागलाई सम्बोधन गरेको भन्दै स्थानीयहरुले खुसी ब्यक्त गरेका छन् । लामाले स्थानीयहरुको मागलाई आफूले निरन्तर गर्ने बताए ।

फोटो हेर्नुहोस्

Image may contain: one or more people, people standing, sky, outdoor and natureImage may contain: 4 people, people standing and outdoor

Image may contain: 1 person, outdoor

फेसबुक प्रतिक्रियाहरु