आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • मन्थलीको आँखा केन्द्रबाट ६८ हजार ४२८ जनाको आँखा परीक्षण गरे
रामेछाप बिशेष

मन्थलीको आँखा केन्द्रबाट ६८ हजार ४२८ जनाको आँखा परीक्षण गरे

पुष ०८,

रामेछाप । जिल्ला समुदायिक आँखा केन्द्र मन्थलीले स्थापना भएको १९ बर्षमा ६८ हजार ४ सय २८ जनाको आँखा परीक्षण गरेको छ ।

तिलगंगा आखा केन्द्रको सहायोगमा मन्थलीमा सञ्चालित उक्त केन्द्रले बिभिन्न ठाउमा सञ्चालन गरेको शिविरमा ६५ हजार ५ सय को आँखा जाँच गरिएको जिल्ला समुदायिक आँखा केन्द्र मन्थलीका प्रमुख वासुदेव अधिकारीले बताए ।

केन्द्रले मन्थलीमा सोमबार आयोजना गरेको अन्धोपन रोकथाम परियोजना बैठकका अबसरमा ३ हजार पाँच सय जनाको सर्जरी र १६ हजार ५ सय ७ जना विद्यालयका बालबालिकाहरुको आँखा परिक्षण गरिएको पनि जानकारी दिए ।

त्यस्तै सोही कार्याक्रममा तिलगंगा आखा केन्द्रका डा संयम बजिमयले जिल्लामा अत्याधुनिक खालको आँखा जाँच मेसिन उपलब्ध गराउने र त्यसबाट आँखा जाँचमा अझ सहजता हुने बताए । उनले मेसिनले आँखा जाँच गरी आबश्यक औषधिउपचार गर्दा अन्धोपना रोकथाम गर्न धेरै सहज हुने बताए ।

कार्यक्रमममा जिल्ला समन्वय समितका प्रमुख, मन्थली र रामेछाप नगरपालिकाका प्रमुखहरु, सञ्चारकर्मी, जिल्ला अस्पतालका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु