सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय, कृष्णबहादुर महरा सदस्यमा नियुक्त
समाचार

ओलीलाई कारबाही गर्ने स्थायी कमिटीको निर्णय, कृष्णबहादुर महरा सदस्यमा नियुक्त

पुस ५,
काठमाण्डाै ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको बैठकले ओलीले लोकतन्त्रविरोधी र निरङ्कुश कदम चालेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिए ।

ओलीलाई कारबाही गर्ने निर्णय ७ गते बस्ने केन्द्रीय समितिको बैठकमा पेस गरिने पनि उहाँले जानकारी दिए । १० गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक ७ गतेलाई बोलाइएको छ ।

यस्तै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा नियुक्त गर्ने पनि बैठकले निर्णय गरेको छ ।

पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न ६ गते सोमबार संसदीय दल र स्थायी कमिटीको बैठक बोलाइएको पनि नेतृ शाक्यले जानकारी दिए ।

स्थायी कमिटीकाे आजकाे बैठकमा ओली पक्षका कुनै पनि नेताकाे सहभागिता थिएन ।

 

फेसबुक प्रतिक्रियाहरु