शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बौद्ध भेटेरान क्लबकालाई स्तुपा ओभरसिज सर्भिसेजको प्रायोजन
गोकर्नेश्वोर बिशेष

बौद्ध भेटेरान क्लबकालाई स्तुपा ओभरसिज सर्भिसेजको प्रायोजन

पुष ०३

काठमाडौँ  । काठमाडौँ बौद्धमा अबस्थित  स्तुपा ओभरसीज सर्भिसेज प्रा.लि.का अध्यक्ष तथा नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि श्रीराम चालिसेद्वारा बौद्ध भेटेरान  क्लबका खेलाडीहरुलाई जर्शी वितरण गरेका छन् | क्लबका अध्यक्ष विवेक लामा र संरक्षक  दिलिप लामाको उपस्थितिमाम टाउन प्लानिंग बौद्धमा कार्यक्रम आयोजना गरि जर्शी प्रदान गरिएको हो |  खेलाडीहरुको मनोबल बढाउनको लागि र खेल प्रतिको मोह जगाउन सो कार्यक्रम गरिएको हो |

सो कार्यक्रममा बोल्दै श्रीराम चालिसेले  स्तुपा ओभरसिज सर्भिसेस प्रा.लि ले  बौद्ध भेटेरानलाइ प्रयोजन गर्ने मौका प्राप्त भएकोमा खुसि व्यक्त गर्दै निकट भबिष्यमा पनि यसै गरि क्लबलाई सहयोग गर्ने प्रतिबद्धता  गरेका थिए |

अध्यक्ष विवेक लामाले स्तुपा ओभिरसीज सर्भिसेज प्रा.लि सदैब क्लबको आवश्यकता अनुसार सहयोग गरेको भन्दै मन्तब्य धन्यवाद समेत् दिएका थिए |

 

फेसबुक प्रतिक्रियाहरु