बुधबार, अशोज २, २०८१
  • होमपेज
  • सरकारले जारी गरेको अध्यादेशले संविधानको मर्म र भावना विपरीत रहेकोे कांग्रेसको ठहर
समाचार

सरकारले जारी गरेको अध्यादेशले संविधानको मर्म र भावना विपरीत रहेकोे कांग्रेसको ठहर

पुष ०१,

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बुधबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले संवैधानिक परिषद्को (काम, कर्तव्य र अधिकार सम्बन्धि) गत मंसिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेकोे ठहर गरेको छ । कांग्रेसले संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको जनाएको छ ।

त्यस्तै संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिंदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । संघीय संसदको अधिवेशन अविलम्ब बोलाउन बैठकले माग गरेको छ ।

संवैधानिक परिषद् सम्बन्धि जारी अध्यादेश एवं अन्य समसामयिक राजनैतिक बिषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११.०० बजे बोलाउने निर्णय बैठकले गरेको छ ।

गत मंसिर २९ को देशब्यापी प्रदर्शनले कम्युनिष्ट सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेल माथि भएको दुव्र्यवहार, कोभिड विरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचार विरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष सहित सहभागी सबैमा बधाई ज्ञापन गरेको छ ।

त्यस्तै उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न गराउन आवश्यक पहल र समन्वयका लागि बैठकले सरकार समक्ष जोडदार माग गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु