मंसिर २२, फाइल फोटो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली (मंगलबार) सर्वदलिय बैठक डाकेका छन् ।
प्रधानमन्त्री ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूकाे बैठक डाकेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठक मंगलबार बिहान ठिक ११ :०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने थापाले जानकारी दिए ।
बिहान बस्ने बैठकमा हाल देशका विभिन्न ठाउँमा भैरहेको राजतन्त्रको पक्षमा भएका प्रर्दशन मुख्य एजेण्डा हुने स्रोतले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु