मंसिर २१,
रामेछाप । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू सोलुखुम्बुले जिल्ला कमिटी र आठ वटै स्थानीय तहको ईन्चार्ज, संयोजक, सहसंयोजक टुङ्गो लागाएको छ ।
शनिबार अनेरास्ववियूले टुङ्गो लगाएकाहरुको नामावली सार्वजनिक गरेको हो । जसमा सोलुदुधकुण्ड नगरपालिकामा अम्बिर काजी कुलुङ् ईन्चार्ज बनेका छन् । भने भुपेन्द्र राई संयोजक र कविता राई सहसंयोजक बनेकी छन् ।
त्यस्तै तेन्जी शर्पा थुलुङदुधकोशी गाउँपालिकाका ईन्चार्ज बनेका छन् । सर्वधन राई संयोजक र विश्वराज तामाङ सहसंयोजक बनेका छन् ।
त्यस्तै नेचासल्यान गाउँपालिकामा कुमार कटेल पालिका ईन्चार्ज बनेका छन् । भने सरोज भट्टराई संयोजक र चुडामणी वस्तोला सहसंयोजक बनेका छन् ।
त्यस्तै महाकुलुङ् गाउँपालिकामा दिवस कुलुङ् पालिका ईन्चार्ज बनेका छन् । भने लविन्द्र कुलुङ् संयोजक बनेका छन् ।
त्यस्तै सोताङ् गाउँपालिकामा कविता श्रेष्ठ पालिका ईन्चार्ज बनेका छन् । भने श्याम कुमार खालिङ् सयोजक र विजय बिक सहसंयोजक बनेका छन् ।
त्यस्तै लिखु पिके गाउँपालिकामा लक्ष्मण खालिङ पालिका ईन्चार्ज बनेका छन् । भने राजेन्द्र बस्नेत संयोजक र पेम्बा शेर्पा सहसंयोजक बनेका छन् ।
त्यस्तै म्याक दुधकोशी गाउँपालिकामा गौरव राई पालिका ईन्चार्ज बनेका छन् । भने प्रराप राई संयोजक र मनिषा राई सहसंयोजक बनेका छन् । र खुम्बु पासाङ लामु गाउँपालिकामा राम तामाङ् पालिका ईन्चार्ज बनेका छन् । संयोजक र सहसंयोजक भने टुङ्गो लागेको छैन् ।
सार्वजनिक नामावली
फेसबुक प्रतिक्रियाहरु