मंसिर ०९
काठमाडौँ । गोकर्नेश्वोर नगरपालिका वडा नं ६ मा रहेको हाम्रो सुनौलो संसार बालाश्रमको भवन भोलि कगेश्वोरी मनोहरा नगरपालिका वडा नं १ को गागलफेदीमा महिला बालबालिका तथा जेष्ठ नागरिक मंत्री माननीय लिलानाथ श्रेष्ठको हातबाट शिलान्यास हुने भएको छ |
आश्रमलाई थप मजबुद बनाउन र अझै देश भरि छरिएर रहेका आनाथ बालबालिकाहरुको निम्ति काम गर्ने उदेश्यले संस्थाको आफ्नै भवन निम्रण गर्न लागेको हो |
आश्रमले २०७२ सालदेखि अनाथ, अशाहाय तथा बिपन्न बालबालिकाहरुलाई पालनपोषण सहित शिक्षा प्रदान गर्दै आएको छ | मेनुका कोइरालाको अध्यक्षमा स्थापित सो संस्थामा लक्ष्मी बस्नेत उपाध्यक्ष, सुबास बराइली सचिब, रोशनी कोइराला कोषाध्यक्ष, सहित ७ जनाको कार्यसमिति रहेको छ भने समाजसेवी राजु सुनार प्रमुख संरक्षक रहेका छन् |
फेसबुक प्रतिक्रियाहरु