कात्तिक २७,
काठमाडौं । काठमाडौंको गोकर्णेश्वार नगरपालिकामा मितेरी टोल महिला विकास समुह र लाइन्स कल्व काठमाडौं जर्नीले रक्तदान कार्यक्रम गरेको छ ।
बिहिबार नगरपालिकाको वडा नं ४ भगवती थानमा नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान कार्यक्रम गरेको मितेरी टोल महिला विकास समुहकी अध्यक्ष एवं लाइन्स कल्ब काठमाडौंकी कोषा-अध्यक्ष प्रमिला शेर्पाले जुनेली न्युजलाई जानकारी दिईन् । उनका अनुसार ३७ जनाले रक्तदान गरेका छन् । त्यस्तै २ सय १५ जनाले मधुमेह परीक्षण गरेका छन् ।
कोरोना भाइरस संक्रमणका कारण उपचारमा रगतका कारण समस्या भएकहरुको लागि रगत अभाव नहोस् भन्ने उदेश्यले रक्तदान गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु