सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • रामेछापमा देउसिभैलो खेल्न रोक : तिहार मनाउन यस्तो नियम लागू !
रामेछाप बिशेष

रामेछापमा देउसिभैलो खेल्न रोक : तिहार मनाउन यस्तो नियम लागू !

कात्तिक २७,

रामेछाप । रामेछाप जिल्लामा यस वर्षको तिहारम देउसिभैलो खेल्न नपाईने भएको छ ।

जिल्ला प्रशासनले बुधबार कोरोना रोकथाम नियनत्रण समितिको बैठकले भिड्भाड्ले कोरोना संक्रमण बढ्न सक्ने भन्दै त्यस्ता कार्यहरु बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा संक्रणलाई रोक्न चाड्वाड्मा हुने भिड्भाड्लाई रोक्ने निर्णय गरेको प्रशासनद्वरा जारी सूचनामा उल्लेख छ ।

त्यस्तै हामी जाँहा छौं त्यही सुरक्षित तरीकाले चाड्वाड् मनाउन पनि सचेत गराईएको छ । कुनै पनि प्रकारको मेला महोत्सव, जात्रा, खेलकुद, धार्मिक साँस्कृति कार्यक्रम, भिड्भाड् जमघट हुने कार्य नगर्न पनि आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै पटका आत्तसवाजी लगाएत विस्पोटकका कुनै पनि कार्य नगर्न भनेको छ । भने साँझ ८ बजेदेखि कुनै पनि मदिराजन्य कार्य नगर्न भनेको छ । जुवा तास खेल्ने/ खेलाउने लगाएतका कानूनले निषेध  गरेका कार्यहरु गर्न/गराउन नपाईने सूचनामा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु