बुधबार, अशोज २, २०८१
  • होमपेज
  • देशको नामको अघि ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णय ठिकछ-कमल थापा
समाचार

देशको नामको अघि ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णय ठिकछ-कमल थापा

कात्तिक २१,

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) संघिय अध्यक्ष कमल थापाले नेपाल सरकारले देशको नाम अघि सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकोमा ठिक गरेको बताएका छन् ।

११ असोजको मन्त्रिपरिषद् बैठकबाट ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको थियो  । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी को थियो ।

संघियता/गणतन्त्रको विपक्षमा रहेको कारण आफूले यस्तो नभनेको तर्क गर्दै थापाले लेखेका छन्- संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन। सरकारको निर्णय ठीक छ। नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ । उल्लेख गरेाक छन् ।

कानुन मन्त्रालयबाट गत असोज २८ मा जारी परिपत्रअनुसार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ । यस्तै अङ्ग्रेजीमा ‘फेडेरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरेकोमा ‘एनईपीएएल’ मात्र लेख्ने क्याबिनेटबाट निर्णय भएको परिपत्रमा उल्लेख छ । साथै ‘विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरूमा समेत नेपालको औपचारिक नाम नेपालीमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा  ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिएकोमा अब उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा ‘नेपाल’ र अङ्ग्रेजीमा ‘Nepal’ लेख्न निर्देशन दिइएको छ ।

सरकारको यस्तो कदम प्रती देशमा अनिष्टको संकेत भएको धेरैले बताउदै आएका छन् भने सरकारको यो निर्णयको चौतर्फि बिरोध भैरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु