कात्तिक १७,
काठमाण्डाै । नेपाल एअरलाइन्सले नयाँ सफ्टवेर जडान गरेको छ ।
एअरलाइन्सको सेवा र सुविधालाई समय अनुसार सुधार गर्ने सिलसिलामा २६ वर्षदेखि प्रयोग गरिरहेको सफ्टवेर परिवर्तन गरिएको नेपाल एअरलाइन्सले जनाएको छ ।
अहिलेसम्म ‘सीता प्लानिङ’ सफ्टवेर प्रयोग गर्दै आएकोमा अब एअरबसले नै उत्पादन गरेको ‘न्यावब्लु फ्लाइट प्लानिङ’ सफ्टवेर प्रयोग गरिएको एअरलाइन्सले जनाएको छ । नयाँ सफ्टेवेरले अहिलेको भन्दा ३० प्रतिशत कम खर्चमै उडान गर्न सकिने एअरलाइन्सको दाबी रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु