बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो
समाचार

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो

कात्तिक १५

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घन्टामा नौ हजार २७९ जनामा भएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयलले शनिबार प्रकाशन गरेको विवरणअनुसार एक हजार ५३२ पुरुष र ९७६ जना महिलामा संक्रमण देखिएको हो ।

यस्तै, काठमाडौ उपत्यकामा भने एक हजार ३५७ जनामा संक्रमण देखिएको छ ।

शनिबार संक्रमण देखिनेहरुमा प्रदेश नम्बर–१ मा ३१९, प्रदेश नम्बर–२ मा ११२, वाग्मती प्रदेशमा एक हजार ६३९, गण्डकी प्रदेशमा १८१, लुम्बिनी प्रदेशमा २०७, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ३५ जना रहेका छन् । योसँगै देशभर एक लाख ७० हजार ७४३ जनामा संक्रमण देखिएको छ ।

थप १७ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर संक्रमका कारण ९३७ जनाको मृत्यु भएको छ ।

३८ हजार बढी सक्रिय संक्रमित
हाल देशभर ३८ हजार ५५७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३१ हजार आठजना ‘होम आइसोलेसन’मा छन् भने सात हजार ५४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

सक्रिय संक्रमितमध्ये २९६ जनाको ‘आईसीयू’कक्षमा उपचार भइरहेको छ भने ६९ जना भेन्टिलेटरमा रहेका छन् ।

थप २,२६४ ‘डिस्चार्ज’
देशभर पछिल्लो २४ घन्टामा दुई हजार २६४ जनाले संक्रमणलाई जितेका छन् । योसँगै देशभर एक लाख ३१ हजार २२२ जना ‘डिस्चार्ज’ भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु