बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो
समाचार

उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

कार्तिक १४,

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित भएका छन् । काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना संक्रमित थपिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १२८९५८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु