मङ्लबार, अशोज ८, २०८१
  • होमपेज
  • ललितपुरमा दुई अधिवक्तासहित कोरोनाबाट थप ४ जनाको मृत्यु
समाचार

ललितपुरमा दुई अधिवक्तासहित कोरोनाबाट थप ४ जनाको मृत्यु

असोज २४

काठमाडौं । कोरोनका कारण मुलुकका विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु भएको छ । ललितपुर र दाङमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । ललितपुरको ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटर उपचारका क्रममा एक जना पुरुषको मृत्यु भएको छ ।

मुटुमा समस्या देखिएपछि केही समय पहिले उनको मुटुमा स्टेन हालिएको थियो । त्यसैगरी अर्का एक जनाको पनि उपचारकै क्रममा मृत्यु भएको हो ।

मृगौलामा पलाएको ट्युमरको उपचारको क्रममा पाटन अस्पतालमा उनको मृत्यु भएको हो । मृतक दुवै जना अधिवक्ता रहेको बताइएको छ ।

यस्तै बाँकेमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोरको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसित किशोरको उपचारकै क्रममा मृत्यु भएको हो । यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका पुरुषलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुेलगत्तै उनको मृत्यु भएको हो ।file Photo

 

फेसबुक प्रतिक्रियाहरु