शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • होम ट्युसन पढाउने युवकले गरे ५ वर्षीय बालिका बलात्कार
समाचार

होम ट्युसन पढाउने युवकले गरे ५ वर्षीय बालिका बलात्कार

असोज १८

विराटनगर । विराटनगरमा ट्युसन पढाउने बहानामा पाँच वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पाँच वर्षीय बालिकालाई करणी गरेको उजुरी आएपछि साहलाई पक्राउ गरिएको बताए ।

साहले चार जना बालबालिकालाई वैशाखदेखि घरमै गएर ट्युसन पढाउँदै आएका थिए । पीडित बालिकासहित उनका ११ वर्षीय दाजु, चार वर्षीय भाइ र पीडित बालिकाकी अभिभावकका घरबेटीका नौ वर्षीय बच्चालाई साहले घरमै गएर ट्युसन पढाउने क्रममा शनिबार जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

साभार : समाचार

 

फेसबुक प्रतिक्रियाहरु