असोज १६,
काठमाडौं । कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्।
फेसबुक प्रतिक्रियाहरु