बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकामा ९४३ सहित १९११ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो
समाचार

काठमाडौं उपत्यकामा ९४३ सहित १९११ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो

असोज १५,

काठमाडौं । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ७२८ पुगेको छ । बिहीबार थप ९६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८१७, ललितपुर ६९ र भक्तपुरमा ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट म‌ृत्यु भएको छ । योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु