असोज ०९
काठमाडौँ | गोकर्नेश्वोर नगरपालिकाका सबै बिद्यालयहरु अशोज १५ गते देखि संचालन गर्न पाउने नगरपालिकाका मेयर सन्तोष चालिसेले घोषणा गर्नु भएको छ | आज नयाबस्तिमा बुद्ध आबशिया स्कुलमा भएको एक कार्यक्रममा बिद्यालयहरुले उचित साबधानी अपनाएर, श्रावन महिना देखि शुल्क लिने गरि बिद्यालय खोल्न पाउने घोषणा गरेका हुन् | स्कुलहरुको सवारी साधन चालौना नपाइने अभिभाबक आफैले आफ्नी बच्चाहरुको सुरक्षा गर्नु पर्ने छ | साथै खाजाको लागि स्कुलले क्यान्टिनमा खुवाउन नपाइने घरबाट आफै लिएर आउने पर्ने समेत चालिसेले घोषणा गर्नु भएको हो | यदि नगरपालिकाको निर्णय नमानी जताभाबी गरे असैया हुने र कारबाही गर्ने समेत बताउनु भएको थियो
कोरोना भाइरसको कारण लामो समय सम्म स्कुलहरु बन्द भएका कारण बिधार्थी र शिक्षक दुबैलाई असर परेको हुदा स्ठानिया सरकारले सो निर्णय गरेको हो |
सामुदायक बिधालयहरुका शिक्षकहरुले पनि घरमै बसेर तलब खान नपाउने अब बिधालय गरेर पढाउनु पर्ने कुरा समेत बताएका हुन् |
गोकर्नेश्वोर नगरपालिका शिक्षा शाखाद्वारा आयोजना गरिएको कबिता, कथा, गजल जस्ता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने व्यतिहरुलाई समेत नगद पुरस्कार सहित सम्मान गरिएको थियो |
फेसबुक प्रतिक्रियाहरु