बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देशभरको मौसम बदली : आज देशका केही ठाउँमा ठूलो पानी पर्ने
समाचार

देशभरको मौसम बदली : आज देशका केही ठाउँमा ठूलो पानी पर्ने

भदौ ३१,
काठमाण्डाै । देशभरको मौसम बदली भएको छ । अहिले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

देशका अरु ठाउँमा पनि सामान्य बदली भइ हल्कादेखि मध्यमखालको पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मनसुनी न्युनचापीय रेखाको प्रभावका कारण पानी परेको हो । आज दिउँसो पनि देशभर सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गण्डकी र प्रदेश ५ का केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशका धेरैजसो ठाउँको मौसम बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् श्रेष्ठले बताए ।

ठूलाे पानी पर्ने सम्भावना भएका ठाउँका नदीमा पानीको बहाब बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।फाइ फोटो

फेसबुक प्रतिक्रियाहरु