शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुर्‍यो , ठूलो मानविय क्षति भएको आशंका [फोटोसहित]
समाचार

सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुर्‍यो , ठूलो मानविय क्षति भएको आशंका [फोटोसहित]

भदौ २८,

सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १८ घर पुरेको छ। जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले बताए।

स्थानीय शिक्षक बजीर भण्डारीको भनाइ उद्धृत गर्दै न्यौपानेले भने, ‘नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयको भनाइ छ।

https://www.facebook.com/shreejee/posts/10223727182949891

फेसबुक प्रतिक्रियाहरु