शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आज पनि देशका केही ठाउँमा पानी पर्ने
समाचार

आज पनि देशका केही ठाउँमा पानी पर्ने

भदौ २७

काठमाडौं । आज पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले गण्डकी प्रदेश र १ नम्बर प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

बेलुका प्रदेश नम्बर एक र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने उनले बताए । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान छ । आज केहीबेर घाम लाग्ने पूर्वानुमान गरिएको छ ।

यस्तै राति भने केही ठाउँमा मेघगर्जन हुने अनुमान छ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा भने नहुने मौसमविद् वरुण पौडेलले बताए ।file Photo

फेसबुक प्रतिक्रियाहरु