शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना अपडेटः विश्वभर ८ लाख ७९ हजार बढीको मृत्यु : २ करोड ६८ लाख १६ हजार ८८७ सङ्क्रमित
समाचार

कोरोना अपडेटः विश्वभर ८ लाख ७९ हजार बढीको मृत्यु : २ करोड ६८ लाख १६ हजार ८८७ सङ्क्रमित

कोरोना

भदौ २०,

काठमाडौं ।  विश्वभरी कोरोना भाइरसको सङ्क्रमणबाट आठ लाख ७९ हजार ३६९ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) शनिबार दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म दुई करोड ६८ लाख १६ हजार ८८७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित एक करोड ८९ लाख २३ हजार ६६६ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख १३ हजार ८५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेकाले उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ९१० जनाको अवस्था गम्भीर रहेको जनाएको छ । बाँकीको अवस्था भने सामान्य रहेको डब्लुएचओले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क निम्नानुसार रहेको छ ।

अमेरिकामा ६३ लाख ८९ हजार ४१३ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३६ लाख ३६ हजार २७२ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९२ हजार १३२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ९१ हजार ८०१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ७८ हजार २४३ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २५ हजार ५८४ जनाको मृत्यु भएको छ ।

भारतमा ४० लाख २७ हजार ७१८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३१ लाख सात हजार ४५३ कोरोना भाइरस मुक्त भएका छन् भने ६९ हजार ६६८ जनाको मृत्यु भएको छ ।

रुसमा १० लाख २० हजार ३१० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन भने ८ लाख ३८ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् । रुसमा अहिलेसम्म १७ हजार ७५९ जनाको मृत्यु भएको छ ।

पेरुमा ६ लाख ७६ हजार ८४८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८ हजार ७७१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ५५४ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ५० हजार ६२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ९८हजार २२१ जना कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ८८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ३५ हजार ७८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५७ हजार ८१८ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ६७८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख २३ हजार ९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३४ हजार ६६७ कोरोना भाइरस मुक्त भएका छन् भने ६६ हजार ८१४ जनाको मृत्यु भएको छ ।

स्पेनमा ५ लाख १७ हजार ११३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ४१८ जनाको मृत्यु भएको छ । यहाँ तीन लाख ३१ हजार ६२१ जना सङ्क्रमणमुक्त भएका छन् ।

अर्जेन्टिना ४ लाख ६१ हजार ८८२ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ९१ हजार २४८ जना कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार ६२३ जनाको मृत्यु भएको छ । एएफपी

फेसबुक प्रतिक्रियाहरु