बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु : मृतकको संख्या १७५ पुग्यो
समाचार

२४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु : मृतकको संख्या १७५ पुग्यो

कोरोना

भदौ १०,

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १७५ जना पुगेको छ । आज मृत्यु हुनेमा भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला हुन् । त्यस्तै कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूष छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु