मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कोरोना परीक्षणमा मात्रै सरकारको ३ अरब १८ करोड रुपैयाँ सकियो : एक ब्यक्तिको कोरोना पत्तालगाउन एक लाख ४ हजार ६३० रुपैयाँ खर्च
समाचार

कोरोना परीक्षणमा मात्रै सरकारको ३ अरब १८ करोड रुपैयाँ सकियो : एक ब्यक्तिको कोरोना पत्तालगाउन एक लाख ४ हजार ६३० रुपैयाँ खर्च

सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति करिब १ लाख ४ हजारबढी खर्च

भदौ ५,

काठमाडौं । गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको छ। कोभिड-१९ (कोरोना) जाँचमा मात्रै यति धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्।

गौतमका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ ल्याब टेस्टमा मात्रै खर्च भएको हो । ल्याब टेस्टमा मात्रै ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ सरकारले खर्च गरिसकेको छ गौतमले भने । यो खर्च भनेको हालसम्म भेटिएका ३० हजार ४८३ जना पोजेटिभ पत्ता लगाउन भएको हो ।

उनले अहिलेसम्म सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति एक लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको पनि जानकारी दिएका छन् । एक जना कोरोना पोजेटिभ पत्ता लगाउन राज्यको एक लाख ४ हजार रुपैयाँ खर्च हुन्छ उनले भने ।

त्यस्तै एक जना व्यक्तिलाई आइसियुमा राख्दा ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नु पर्ने हुन्छ । गौतमले कोरोना भइसकेपछि त्यसको उपचार एकदमै महँगो रहेको पनि जानकारी दिए । कोरोना उपचार र जाँच बहुतै खर्चिलो छ उनले भने ।file Photo

फेसबुक प्रतिक्रियाहरु