काठमाडौं । नेपालको राष्ट्रिय झन्डा जलाएको र जातीयता भड्काएको अभियोगमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । मुख्य नाइके ग्याल्जेन दोर्जे तामाङ भन्ने रोजितकुमार तितुङ, लावाङ तामाङ, चलाखमान तामाङ, मंगोल बुद्ध भनिने अनोजकुमार तितुङ, सञ्जय भन्ने हुत्तबहादुर तामाङ, कमलबहादुर लामा तामाङलाई सिआइबीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये रोजितकुमार तितुङ गायक भएको प्रहरीले जनाएको छ । अन्य तीनजनालाई काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखाले मंगलबार पक्राउ गरिसकेको छ ।
उनीहरूले राष्ट्रिय झन्डा जलाएर त्यससम्बन्धी भिडियो बनाएका थिए । साथै उनीहरूले युट्युबबाट सार्वजनिक गरेको भिडियोमा जातीयता भड्काउने सामग्री अति उत्तेजक ढंगबाट राखिएको थियो ।file photo
मिति २०७७।०५।०१ गते MONGOL HOP OFFICIAL YouTube Channel बाट नेपाली राष्ट्रिय झण्डा जलाएको Music Video अपलोड गरेको अभियोगमा हालसम्म ६ जनालाई पक्राउ गरिएको र निजहरू उपर कानुन बमोजिम कारबाही गरिने व्यहोरा जानकारीका लागि अनुरोध ।
— Nepal Police (@NepalPoliceHQ) August 19, 2020
Update:
Music Video मा नेपालको राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको ।— Nepal Police (@NepalPoliceHQ) August 19, 2020
फेसबुक प्रतिक्रियाहरु