बुधबार, बैशाख १२, २०८१
समाचार

आज सुनको भाउ घट्यो

भदौ १,

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ। आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो। आइतबार पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ घटेको थियो।

सोमाबर छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा कारोबार भएको थियो । file Photo

फेसबुक प्रतिक्रियाहरु