बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • बढ्यो काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या, आज १३९ संक्रमित
समाचार

बढ्यो काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या, आज १३९ संक्रमित

२८ साउन,

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २९ जना, पाटन अस्पतालमा ११ जना, वीर अस्पतालमा २ जना, शिक्षण अस्पतालमा ११ जन र नेपाल प्रहरी अस्पतालमा गरिएमको परीक्षणमा २२ जनामा संक्रमण भेटिएको हो ।

यस्तै स्टार हस्पिटलमा ९ जना, ह्याम्स अस्पतालमा ८ जना, बिथ ल्याबमा ५ जना र वीरेन्द्र सैनिक अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रण पुष्टि भएको हो ।

यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका संक्रमित कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

फेसबुक प्रतिक्रियाहरु